सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिको अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । विहानैदेखि नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडपको स्थिति बनेपछि मतगणना सुरु हुन नसकेको हो ।
नेपाली कांग्रेसको तर्फबाट गोलञ्जोर–२ वडाध्यक्षका उम्मेदवार दौलत कार्कीले एमाले कार्यकर्तालाई गएराति कुटेपछि आज बिहानदेखि स्थिति तनावपूर्ण बनेको हो ।
उम्मेदवार कार्कीलाई तत्काल पक्राउ गर्न पीडितहरुले प्रहरीसमक्ष किटानी जाहेरी समेत दिएका छन् । तर, प्रहरीले उनलाई पक्राउ नगरेको भन्दै एमाले कार्यकर्ता आक्रोसित छन् ।
प्रशासनले समय मागेको भन्दै एमाले जिल्ला सचिव नारायण बरालले कार्यकर्ताहरुलाई संयमित रहन आग्रह गर्दै प्रशासनबाट यथोचित काम कारवाही नगरे आन्दोलन गर्ने बताएका छन् ।
सचिव बरालको सम्बोधनपछि अहिले स्थिति केही साम्य बनेको छ । अवरुद्ध यातयात पनि सुचारु भएको छ ।
र, यो पनि पढ्नुहोस :
प्रतिक्रिया