जनकपुर । जनकपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् ।
शनिबार बिहानैदेखि सुरु भएको मतगणनामा कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याएका छन् ।
मत गणनाअनुसार, काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साहको घण्टाघर चिह्नमा ३९ मत खसेको छ। स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत परेको छ।
अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन चिन्हमा ७ मत परेको छ।
एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ । जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ।
प्रतिक्रिया