काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने 

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहान ७ बजेदेखि सुरु हुने भएको छ ।  काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ । त्यस्तै , ललितपुरमा अहिले बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

उता विराटनगर महानागरमा भने बिहान ८ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो । 
हेटौंडा उपमहानगरमा बिहान ७ बजेदेखि मतगणना हुने भएको छ । 

 चितवनको कालिका र माडी नगरपालिकामा मतगणना जारी छ । त्यसैगरी   स्याङ्जाको गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकामा पनि मतगणना जारी छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति