स्थानीय तह निर्वाचन : ७७ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत देशभर ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

मतदानका क्रममा १६ जिल्लामा विवाद उत्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । विवादका कारण २८ स्थानीय तहका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

मतदान स्थगित भएका केन्द्रमा सम्बिन्धत मतदान अधिकृतले कुनै पनि समयमा पुनः मतदान गराउन सक्ने आयोगले जनाएको छ। कहिले मतदान गराउने भन्ने अधिकार सम्बन्धित निर्वाचत अधिकृतलाई दिइएको छ।

आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशमा विवाद भएको रिपोर्ट आएको छैन। अन्य पाँच प्रदेशमा भने विवादका घटना आएको आयोगले जनाएको छ।

त्यस्तै, राति १० बजेसम्म आएको विवरण अनुसार देशभर ६४ प्रतिशत मतदान भएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति