एबीसी एक्जिट पोलः स्थानीय तह निर्वाचनमा कुन दलको स्थान के ?

काठमाडौं, ३० बैशाख । स्थानीय तहको निर्वाचनमा कुन दलको स्थान के हुने भन्नेबारे एबीसी टेलिभिजनले एक्जिट पोल प्रशारण गर्ने भएको छ । ७ वटै प्रदेशका ७५३ स्थानीय तहहरुमा कुन दलले कति स्थानमा विजय हासिल गर्छ भन्ने अनुमानसहित एक्जिट पोल तयार पारिएको हो ।

एक्सिट पोल आज बेलुकादेखि प्रशारण गरिनेछ । एक्जिल पोलमा दलहरुले विजय हासिल गर्ने निश्चित भएका स्थानहरु समावेश गरिनेछ भने तीब्र प्रस्पिर्धा हुने स्थानहरु थपघट हुन सक्नेछन् । उक्त एक्जिट पोलमाथि विश्लेषकहरुको विश्लेषण समेत प्रशारण गरिनेछ ।

यस अगाडिको स्थानीय तहको निर्वाचनमा पनि एबीसी टेलिजिभनले एक्जिट पोल गरेको थियो । जुन स्थानीय तहको निर्वाचनको परिणामसँग शतप्रतिशत मेल खाएको थियो । उक्त निर्वाचनमा एक्जिट पोल प्रशारण गर्ने एबीसी टेलिभिजन एकमात्र नेपाली संचारमाध्यम रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति