स्याङ्जा जिप दुर्घटनामा मृत्यु हुने एउटै वडाका १३ जना मतदाता र एकजना बालक

काठमाडौं ३० वैशाख । स्याङ्जाको वालिङ मा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका– ४ सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सडकबाट ५०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरु वालिङ नगरपालिका – १४ पञ्चमुल अर्खलबासका रहेका छन् । स्थानीय ६३ वर्षकी माया पुन, ९ वर्षका प्रविण कुँवर, ५० वर्षका कुलदीप कुँवर, ५० वर्षकी डेम कुमारी कुँवर, ८६ की हरिकला कुँवर, ५० वर्षकी टेककला कुँवर, २५ वर्षकी जमुना कुँवर, ७० वर्षकी भीमकला कुँवरको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिए ।

मृत्यु हुने अन्यमा ७० वर्षकी मुवाकुमारी कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर, ४३ वर्षकी जानुका कुँवर, ४२ वर्षकी ज्ञान दली कुँवर, ५० वर्षकी मीना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

त्यस्तै चालक भुलबहादुर कुँवर पनि गम्भीर घाइते भएका छन् । स्थानीय बेलमाया कुँवर, गौतमी थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर पनि गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको छ ।

मतदानका क्रममा मतदान स्थलतर्फ जांदै गर्दा दुर्घटना भएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति