पौने १२ बजेसम्म खस्यो ३० प्रतिशत मत

काठमाडौं, ३० वैशाख । शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान ११ः४० बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार देशभर नै उल्लासपूर्वक मत खसिरहेको छ ।

उनका अनुसार केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको उनले बताए ।

उनका अनुसार दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगत गर्ने निर्णय नभएको पौडेलले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति