स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना, कम्तीमा १३ को मृत्यु

काठमाडौँ, ३० बैशाख । स्याङ्जाको वालिङ नगरपालिका–१४ अर्खलाबासमा मतदाता बोकेको दुर्घटना भएको छ। स्थानीय निर्वाचनका लागि मतदाता ओसार्न प्रयोग गरिएको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ भने, १२ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार सिख्रेबाट मतदानका लागि आउँदै गरेको ग २ च ३०२६ नंवरको जिप वालिङ नगरपालिका–१४ पन्चमुलमा दुर्घटनामा परेको हो।

घाइते मध्ये ५ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ। जिप सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बताइएको छ, तर दुर्घटनाको कारण खुलिसकेको छैन। घटनाको बारेमा विस्तृतमा विवरण आउन बाँकी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति