स्याङ्जाको वालिङमा मतदाता ओसार्दै गरेकाे जीप दुर्घटना, ११ को मृत्यु

स्याङ्जा, ३० बैशाख । स्याङ्जाको वालिङ नगरपालिका-१४ अर्खलाबासमा मतदाता बोकेको दुर्घटना भएको छ।

स्थानीय निर्वाचनका लागि मतदाता ओसार्न प्रयोग गरिएको जीप दुर्घटनामा परेको हो।

वालिङ प्रहरी कार्यालयले जीप दुर्घटना भएको पुष्टी गरेको छ। धनजनको क्षतिको विवरण भने आइनपुगेको प्रहरीले जानकारी दिएको छ।

स्याङ्जास्थित पत्रकार प्रकाश डुम्रेका अनुसार जीप सडकबाट करिब १५० मिटर तल खसेको छ।

उनका अनुसार यो दुर्घटनामा ११ जनाको ज्यान गएको छ भने ९ जना गम्भीर घाइते भएका छन्।

घाइतेहरुलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ केन्द्रमा लगिँदैछ। घटनास्थलमा अहिले उद्धारकार्य चलिरहेको डुम्रेले बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति