रामेछापको दोरम्वामा झडप, मतदान स्थगित

काठमाडौं, ३० वैशाख । रामेछापको दोरम्वा शैलुङ गाउँपालिकामा झडप भएको छ । गाउँपालिका वडा नं ३ को टोकरपुरस्थित कन्ठेश्वर मावि मतदान केन्द्रमा झडप भएको हो ।

झडप भए पनि कोही कसैको हातहती नभएको र स्थिति तनावग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मतदान केन्द्र बाहिर झडप भएपछि केन्द्रको अवस्था नियन्त्रण बाहिर भएका कारण तत्कालका लागि मतदान प्रक्रिया रोकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति