भोट हालेर फर्केका बैतडीका एक वृद्धको मृत्यु

धनगढी, ३० वैशाख । भोट हालेर घर फर्किन लागेका बैतडीका एक वृद्धको मृत्यु भएको छ।

शुक्रबार दोगेडा केदार गाउँपालिका –३ कल्फटा बस्ने वर्ष ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको हो।

उनी वडाको सनानत धर्म मावि विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट हालेर घर फर्किने क्रममा अचेत अवस्था ढलेर बेहोस भएका थिए।

बेहोस् भएका उनलाई आफन्तले अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति