पाल्पा, ३० बैशाख । पाल्पामा १ सय ८ वर्षीया वृद्धाले मतदान गरेका छन् ।
रिब्दीकोट गाउँपालिका-३ की मानकुमारी भाट क्षेत्रीले खस्यौली गाविस भवन, खस्यौली मतदान केन्द्रमा मतदान गरेकी हुन् ।
पाल्पाका २ सय ४७ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया