एउटा बाहेक सवै केन्द्रमा मतदान : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं ३० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दोलखाको एक मतदान केन्द्रबाहेक देशका सबै मतदान शुरु भएको बताएका छन् ।

मतदान शुरु भएपछि लोकान्तरसँग कुरा गर्दै थपलियाले देशभर उत्साहपूर्वक मतदान चलिरहेको जानकारी दिए ।

दोलखाको गौरीमुखी मतदान केन्द्रमा प्रतिनिधि उपस्थित नभएकोले मतदान ढिलो भएको जानकारीमा आएको थपलियाले बताए । त्यहाँ पनि केहीबेरमा मतदान शुरु हुने उनको भनाइ छ ।

७५३ स्थानीय तहका पदाधिकारी चयनका लागि शुक्रवार बिहानैदेखि मतदान शुरु भएको छ ।

मतदान सकिएलगत्तै शुक्रवार नै मतगणना शुरु हुने थपलियाले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति