मतदातालाई धम्काएको उजुरी परेपछि आयोगले प्रचण्डलाई सोध्यो स्पष्टीकरण

काठमाडौं, २९ बैशाख । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । चितवनको भरतपुरमा भएको आमसभामा मतदातालाई धम्काएको आरोपसहित नेपाली कांग्रेस वीपीले दर्ता गराएको उजुरीका आधारमा प्रचण्डलाई स्पष्टीकरण सोधिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । ‘२३ गते भएको आमसभामा प्रचण्डले भरतपुरमा रेनु दाहाललाई मतदान नगरि पराजित गरेमा देश दुर्घटनामा जाने धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप छ, उनलाई मतदातालाई धम्काएको आरोपमा स्पष्टीकरण सोधिएको हो’, अर्यालले भन्नुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति