कांग्रेसले संसद विघटन गरे सदर हुन्छ, एमालेले गरे बदरः अध्यक्ष ओली

काठमाडौं, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले कांग्रेसले संसद विघटन गर्दा सदर गरेको र एमालेले गर्दा बदर गरेको टिप्पणी गरेका छन् ।

मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको आमसभामा बोल्दै उनले कांग्रेसले भंग गर्दा संवैधानिक भनिएको तर एमालेले भंग गर्दा अवैधानिक भनिएको टिप्पणी गरे । ‘कांग्रेसले भंग गर्दा सदर हुन्छ, एमालेले भंग गर्दा बदर हुन्छ । कांग्रेसले भंग गर्दा संविधान बमोजिमर लोकतान्त्रिक हुन्छ, एमालेले भंग गर्दा गर्दा अवैधानिक र अलोकतान्त्रिक हुन्छ । अदालतले त्यही फैसला गरिआएको छ अहिलेसम्म ।’

ओलीले आफूहरु अदालत सम्मानित र जनताले विश्वास गर्न लायक होस् भन्ने चाहने बताए । न्यायाधीशको नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष र तटस्थ होस् भन्ने आफूहरुको चाहना रहेको तर पार्टीका कार्यकर्ता एकैपटक न्यायाधीश हुने गरेको उनले बताए ।

‘यहाँ त आफ्ना पार्टीका कानुन पढेका कार्यकर्ता एकैपटक लगेर न्यायाधीश बनाइदिएको छ, तिनको फैसला के हुन्छ रु’ ओलीले भने, ‘जुन पार्टीले नियुक्ति गरेको छ, त्यो पार्टीको कार्यालयबाट जे आदेश आउँछ, त्यही हुन्छ, यस्तो न्यायालय बनाएर भएन, यस विषयमा हामी आम निर्वाचनपछि छलफल गर्छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति