लिलाम हुँदै इच्छाराज तामाङको सीटीसी मल

काठमाडौं, २६ बैशाख । इच्छाराज तामाङको सीटीसी मल लिलाम हुने भएको छ । सञ्चय कोषले ३५ दिने सूचना निकालेर सीटीसी मल लिलामको प्रक्रिया सुरु गरेको हो ।

सिभिल स्टेटस्को नाममा रहेको मलका पसल कवलहरु लिलाम गर्न सूचना जारी गरिएको हो । कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न सोमबार सूचना निकालेको छ ।काठमाडौ‌ महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा निर्माण भएको कवलहरु लिलाम हुन लागेको हो ।

मल २४२४ कित्ता नम्बरमा ६ रोपनीमा बनेको छ ।इच्छाराज तामाङको सिभिल सहकारीले सिभिल स्टेटस्को नामबाट लिएको २१ करोड नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो । कोषले यसअघि पनि सूचना निकालेर इच्छाराज तामाङको सिभिल सहकारीलाई ऋण तिर्न भनेको थियो ।

४६ करोड ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अहिले प्रहरी हिरासतमा छन् । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा तामाङ पक्राउ परेका थिए ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति