काँग्रेसले गरे ओलीविरुद्ध ७ आरोपकाे सूची सार्वजनिक

काठमाडौं, बैशाख । स्थानीय तहको निर्वाचन आउँन पाँच दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु एक अर्काविरुद्ध आक्रामक भएर प्रस्तुत भइरहेका छन् ।

सत्ता गठबन्धन प्रमुख प्रतिपक्षी नेकपा एमाले विरुद्ध आक्रमक भइरहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका सत्ता गठबन्धन एमाले र विशेष गरि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । चुनावी सभामा ओलीले गठबन्धनको चर्को आलोचना गरिरहँदा गठबन्धन दलका नेताहरुले एमाले विरुद्ध अभिव्यक्ति दिइरहेका छन्। यसैबीच सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले आफ्ना दलले गरेका कामहरुको प्रचार गर्दै ओली नेतृत्वको सरकारको आलोचना गरेको छ । ६७ बुँदे अपीलमार्फत एमालेले काँग्रेसमाथि दर्जनौँ आरोप लगाएर मतदाता रिझाउने प्रयास गरिरहँदा कांग्रेसले पनि ओलीविरुद्ध यस्तै आरोप लगाएको छ । काँग्रेसले सञ्चारमाध्यमहरूलाई इमेलमार्फत ओली सरकारका पालामा भएका नराम्रा कामहरुको सूची पठाएको हो । नेपाली काँग्रेसले एमालेमाथि सेक्युरिटी प्रेस खरिद, पूर्व तयारी नहुँदै ३२ अर्बको रेल्वे ठेक्का, ओम्नी प्रकरण २५ करोडको सामानलाई सबा अर्ब, काँग्रेसले जितेका नगरपालिका सुशासनमा अब्बल, एमालेले जितेका कमजोर, ओली सरकारका पालामा भ्रष्टाचार उत्कर्षमा, ट्रान्स्परेन्सीले भन्यो अनुसन्धान नहुँदै सहकर्मीलाई सफाई दिन थालियो, गुठीमा ओली सरकारको हस्तक्षेप, संसद विघटन लगायतका आरोप लगाएको हो । काँग्रेसले आफ्नो सरकारले गरेका काम भन्दै मेलम्ची खानेपानी, नेपाल भारत विद्युत व्यापार, कांग्रेसको आर्थिक उदारीकरणले बैंक तथा वित्तीय संस्थाको संख्या र पहुँचमा वृद्धि भएको लगायत काम भएको उल्लेख गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति