कांग्रेसले सुशासन र विकासमा बाधा पुर्‍याएको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा वाधा खडा गरेको आरोप लगाएका छन् ।आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गती लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

हालै जारी भएको कांग्रेसको चुनावी घोषणापत्रले पनि कांग्रेसले विकास नचाहने कुराको पुष्टि गर्ने ओलीले बताए । उनले भने ‘अचम्म त के लाग्छ भने नेकपा एमालेले ल्याएका नीति, कार्यक्रम र आयोजनालाई कांग्रेस मजाक र गफ ठान्छ,’ । एमालेले उत्पादन र उत्पादकत्व वृद्धि, भौतिक पूर्वाधार निर्माण र सामाजिक न्याय, सुशासन अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका काम गरिरहेका बेला कांग्रेसको षडयन्त्रले चरम उत्कर्षको रूप लिएको उनको भनाइ छ ।

‘नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर याथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीतिक देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम ग¥यो,’ ओलीले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति