रेनु मेराे प्रस्तावमा मेयरमा उम्मेदवार बनेकी हुन्ः सभापति देउवा

काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् ।

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले काठमाडौंकी उम्मेदवार सिर्जना सिंहसँगै रेनुलाई पनि भोट मागेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै देउवाले उनी भरतपुरको मेयरमा रेनुलाई नउठाउन तयार भएको दाबी गरे । ‘हामी सबैले तपाईंको छोरी नउठानुस् भनेको भए त्यो पनि मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ भनेर मैले भनेको हो,’ देउवाले भनेका छन्, ‘राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुस् भनेर मैले भनेको हो ।’ प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती नभएको उनले बताए । रेनुले भरतपुरमा राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक वखेडा नगर्न कार्यकर्तालाई आग्रह गरे । कांग्रेस नेता प्रकाशमान सिंह पनि श्रीमती सिर्जनालाई काठमाडौंमा उम्मेदवार बनाउन डराएको उनले सुनाए । आमाबाबुले सिर्जनाको बिहे प्रकाशमानसँग गरिदिएको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘प्रकाशमानको श्रीमती हुनु उहाँको गल्ती हो ? यो अपराध त होइन नि !’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति