काठमाडौं, २३ वैशाख । सत्ता गठबन्धनमा सामेल राजनीतिक दलहरूको सचिवालय, पदाधीकारी एवं सदस्यहरूको बैठकले चारवटा निर्णय गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सात दिनपछि हुने स्थानीय तह निर्वाचनमा गठबन्धनभित्रैका दलबाट दर्ता भएका उमेदवारी तत्काल निष्कृय गराउन शीर्ष नेताहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ । बागी उमेदवारको बारेमा हरेक दलले एक अर्कालाई जानकारी गराउने निर्णय पनि भएको छ । बैठकले गठबन्धनका दलहरुबीच असहमति वा असझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलहरुबीच समझदारी कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय पनि भएको छ ।

प्रतिक्रिया