महानगरलाई ‘महाघर’ जसरी चलाउँछु : महानगर प्रमुखकी उम्मेदवार सिंह

काठमाडौं, २३ बैशाख । सत्ता गठबन्धनबाट काठमाडौं महानगर प्रमुखकी साझा उम्मेदवार सिर्जना सिंहले आफूले जितेमा महानगरलाई सबैको अपनत्व हुने गरी चलाउने बताएकी छिन् । शुक्रबार गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा महानगरलाई ‘महाघर’ जस्तो गरी चलाउने बताइन् । ‘कहिले पनि मतदाताको शीर निहुरिन दिन्नँ,’ उनको भनाइ छ, ‘महानगरलाई महान घर बनाउने छु । म काठमाडौंलाई ‘महाघर’ जस्तो गरेर चलाउँछु ।’

उनले महानगरलाई सबै जातजातिको, सबैलाई सम्मान गर्ने र सबैको अपनत्व महसुस हुने महानगर बनाउने प्रतिवद्धता समेत जनाइन्।महानगरमा सुशासन कार्यम गर्न, सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने, सम्पदा संरक्षण गर्ने, हरियाली बढाउने लगायतका आफ्ना एजेन्डा भएको सिंहको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति