वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

काठमाडौं, २३ बैशाख ।  स्थानीय तहको निर्वाचनअन्तर्गत यही वैशाख ३० गते हुने मदानको ४८ घण्टा अगाडिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदान हुने दिनको ४८ घन्टा अगाडिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न लागिएको हो। वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न गृह मन्त्रालयलाई आग्रह गरिने भएको हो।

मादक पदार्थ निषेध

यस्तै वैशाख २७ गते राति १२ बजेदेखि मतदान नसकिँदासम्म तोकिएका क्षेत्रमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइने भएको छ। निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध) मा भएको व्यवस्था कार्यान्वयनका लागि गृह मन्त्रालयलाई लेखी पठाइनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति