यात्रुलाई बससेवाको निर्वाचन अफर, अनलाइनबाट टिकट बुकिङ्गमा सुनको असर्फी

काठमाडाै, २२ बैशाख । अब आउने बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित् गर्दै बस सेवाले विशेष अफर सार्बजनिक गरेको छ ।

अफर अन्तरगत बससेवा डटकम मार्फत अनलाइन टिकट बुकिङ्ग गर्ने यात्रुले सुनको असर्फी जित्न सक्नेछन् । बैशाख २३ गते देखि जेठ ५ गतेसम्म बससेवा मार्फत अनलाइन बस टिकट बुकिङ्ग गर्ने यात्रु मध्ये ३ जनालाई गोलाप्रथा मार्फत सुनको असर्फी प्रदान गरिनेछ । यस्तै सोही अवधिमा बस टिकट काट्ने मध्ये २० जनाले क्यूएफएक्स् टिकट प्राप्त गर्नेछन् भने २७ जना यात्रुले अल्टीमेट वाटर एडभेन्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट प्राप्त गर्नेछन् । विजेताहरुको घोषणा निर्वाचन सकिएपछि गोलाप्रथाबाट गरिनेछ । स्थानीयतहको निर्वाचनमा उत्साहजनक सहभागिता होस् र मतदान गर्न जाने यात्रुलाई सहज रूपमा बस टिकट उपलब्ध गराउने उदेश्यले यस्तो अफर सञ्चालन गरिएको बससेवाका प्रमुखकार्यकारी पिआर खनालले बताए । उनले भने ‘निर्वाचनमा धेरै भन्दा धेरै मतखसोस् भन्ने सरकार र राजनीतिकदलको चाहना हुन्छ, यो समयमाधेरै मतदाता गाउँ फर्कनुहुन्छ, उहाँहरुलाई मतदानगर्न जाँदा बस टिकट नपाएर समस्या नपरोस् भन्ने उदेश्यले यस किसिमको योजना ल्याइएको हो ’। पछिल्ला दिनमा गाउँ फर्कने यात्रुको संख्या बढ्न थालेकोले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बससेवाले समयमै आफ्नो बस टिकट बुकिङ्ग गर्न समेत सबै यात्रुलाई अनुरोध गरेको छ । बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशनतथा इसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साइबर, कम्युनिकेशन तथा मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत अनलाइन टिकट काट्न सकिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति