अहिले रेनुलाई सहयोग गर्नुस्, भोलि हामीलाई सहयोग गर्न भनौंलाः सभापति देउवा

चितवन, २२ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा बिहीबार आयोजित सभामा देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए । ‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ,’ उनले भने, ‘यो गठबन्धन टुटाउने षड्यन्त्र चितवन, भरतपुरबाट हुनै सक्दैन ।’ अहिले माओवादी केन्द्रको मेयरका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका उनले भोलि राम्रो काम गरे कांग्रेस नेता कार्यकर्ताले पनि अवसर पाउने बताए । देउवाले भने, ‘उहाँलाई पछि छोडिदिनुस्, हामीलाई सहयोग गर्न भनौंला । उहाँलाई यो पटक सहयोग गरेर हेर्नुपर्‍यो । त्यसैले उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति