भन्दाभन्दै सूर्यलाई हरियो बनाएर आयोगले बेठीक काम गर्‍योः ओली

काठमाडौँ, २२ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई हरियो बनाएको भन्दै आपत्ति जनाएका छन् ।

कैलालीको बौनियामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गरेको बताए । ‘यसपटक निर्वाचन आयोगले बेठीक काम गरेको छ । चुनाव चिह्न सूर्यलाई हरियो बनाएको छ । हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्यलाई हरियो बनायो,’ ओलीले भने, ‘पहिलो लहरमा सूर्य हुन्छ नझुक्किनु होला ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति