केपी ओली हाम्रो प्रतिस्पर्धी हो, प्रचण्ड होइनः वरिष्ठ नेता पौडेल

भरतपुर, २२ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी प्रचण्ड नभई केपी शर्मा ओली भएको बताएका छन् ।

चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातिर लैजान खोजेकाले गठबन्धन गर्नु परेको बताए । ओली निमित्त नायक बनेको भन्दै उनले भन्दै उनले भने, ‘कांग्रेसको प्रतिस्पर्धा केपी ओली प्रवृत्तिको एमाले पार्टीसित छ । केपी ओली हाम्रो प्रतिस्पर्धी हो, प्रचण्ड होइन म हाम्रा चितवनका साथीहरुलाई भन्न चाहन्छ ।’ कुनै एउटा दलको बहुमत नआउने र गठबन्धन सरकार बनाउनुपर्ने भन्दै उनले माओवादी केन्द्रसँग सहकार्य गर्नु परिस्थितिको उपज भएको बताए । पौडेलले अघि भने, ‘भोलि मिलेर सरकार बनाउनु छ भने स्थानीय चुनाव किन नमिल्ने रु’ बिहीबार मात्र आफूले बागी उम्मेदवार जगन्नाथ पौडेल लगायतका नेताहरुलाई भेटेको उनले सुनाए । आफूले लामो छलफल गर्न चाहे पनि नेताहरुले हतार गरेको भन्दै उनले भने, उहाँहरुले धर्यता राख्न सक्नु भएन । चाँडै उठेर जान खोज्नुभयो । भावावेश र उत्तेजनामा असन्तुष्टि व्यक्त गरे जस्तो लाग्यो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति