पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी प्रतिपक्षसँग आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौंः रेनु दाहाल

चितवन, २२ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेनु दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा गर्व गर्न सकिने काम गरेको दावी गरेकी छन् ।

वि. सं. २०७४ सालमा मेयरमा निर्वाचित भएकी उनले विपक्षीहरुका अगाडि शीर झुकाउनु नपर्ने गरी काम गरेको बताएकी हुन् । सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले भनिन्, ‘पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षको आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौं, भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएका छौं ।’ उनले पुनः निर्वाचित भए महानगरमा सुरु गरेको गौरवका आयोजना पूरा गर्ने बताइन् । आफूले पाँच वर्ष महानगरवासीको साझा जनप्रतिनिधिको हिसाबले काम गर्ने कोशिस गरेको पनि दाहालले बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति