एमालेले पाँच वर्षमा काठमाडौंमा के के गर्‍यो जबाफ दिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौँ महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जबाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘२०७४ सालको चुनावबाट काठमाडौँ महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘यो पाँँच वर्षमा एमालेले के के गर्‍यो ? यसको जबाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’

कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले विजयी भएपछि अर्को चुनावमा कांग्रेसले यो यो गर्‍यो भनेर जबाफ दिनुपर्ने बताए ।

दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आग्रह गरे । आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

आफ्नो आवेग र असन्तुष्टिलाई बिर्सेर कांग्रेस उम्मेदवारलाई निर्वाचित गराउने गरी काम गर्न उनले आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति