कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप


रुकुम पश्चिम, २२ बैशाख । त्रिवेणी गाउँपालिका ९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । बुधबार रातिबाट सुरु भएको विवादमा एकअर्कालाई दोषारोपण गरी झडप गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले दुवै पक्षबीच केही ठाउँमा ढुङ्गा हानाहान भएपछि जिल्लाबाट प्रहरी परिचालन गरिएको जानकारी दिए ।कांग्रेसनिकट तरुण दलले वाईसीएलका चुडामणि बस्नेत, डिलबहादुर विकको घर तोडफोड गरेका छन् । माओवादीको तर्फबाट ९ नम्बर वडाध्यक्षका उम्मेदवार जनककुमार विकको समेत गरी ३ वटा बाइकसमेत तोडफोड गरेका छन् ।

माओवादी कार्यकर्ताले कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिङ खड्काको घरमा पनि ढुङ्गा हानेको प्रहरीले जनाएको छ । दुवैतर्फको टोली सो वडामा जम्मा भएको प्रहरीले बताएको छ । केहीलाई सामान्य चोट लागेको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति