जगन्नाथलाई फकाउन पुगे रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई भेटेका छन् ।

बिहीबार बिहान होटल सिराइचुलीमा जगन्नाथ, मीना खरेल र कृष्णलाल सापकोटालाई पौडेलले भेटेका हुन् । जगन्नाथले मेयरको उम्मेदवारी दिँदा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए ।

भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल मेयर र कांग्रेसका चित्रसेन अधिकारी उपमेयरमा उम्मेदवार बनेका छन् ।

भरतपुरमा यसपटक कांग्रेसले मेयर पाउनुपर्ने स्थानीय नेता कार्यकर्ताको माग थियो । उनीहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पटक–पटक यस विषयमा दबाब पनि दिएका थिए । तर, गठबन्धनको भागबन्डामा भरतपुर माओवादीलाई पर्यो । र, यसअघिकी मेयर दाहालले नै पुनः टिकट पाइन् ।

त्यसपछि पूर्वसांसद समेत रहेका जगन्नाथले स्वतन्त्र उम्मेदवारी दिए । आजको भेटमा रामचन्द्रले जगन्नाथलाई उम्मेदवारी निष्कृय बनाउन आग्रह गरेका थिए । तर, जगन्नाथले आफूहरु गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्याएको बताइन्छ ।

यसअघि गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठले पनि चितवन पुगेर जगन्नाथलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, उनी पछि हटेनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति