बागी उम्मेदवारले लगाइदिए माओवादी उम्मेदवारलाई १ लाख रुपैयाँको माला

हुम्ला, २२ बैशाख । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला लगाइदिएका छन् । अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैशीलाई १ सय वटा हजार दरका नयाँ नोटले बनेको माला लगाइदिएका हुन् ।

बागी उठेका खड्काले आफ्नो उम्मेदवारी निस्क्रिय गराउँदै चुनावका लागि जम्मा गरेको खर्च जैशीलाई दिएको बताए ।खड्काले भने, ‘टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको, तर अहिले जनताले उम्मेदवारी फिर्ता लिन भनेकाले आफ्नो उम्मेदवारी निस्कृय गरेर, मेरो चुनाव चिन्ह गुलाफको फूल र चुनाव खर्च जैशीलाई हस्तान्तरण गरेको हुँ ।’स्वतन्त्र उम्मेदवारी दिएका उनलाई निर्वाचन कार्यालयले गुलाफको फूल चुनाव चिन्ह दिएको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएपछि साथी भाइले चुनाव खर्चका लागि भन्दै दिएको रकम जम्मा गरेर जैशीलाई हस्तान्तरण गरेको उनले स्पष्ट पारे ।ताँजाकोटमा माओवादीबाट जैशी र नेकपा एमालेबाट अजमल बुढाबीच प्रतिस्पर्धा छ । यसअघि स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन बुढाले पनि आफ्नो उम्मेदवारी निस्कृय गराएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति