इलाम पुगेर ओलीले भने-एमाले कार्यकर्ताले जितेका झलनाथ खनालहरु आज कांग्रेसको झम्के पुच्छर भए

इलाम, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्ता र जनताले जिताएका व्यक्ति नै पार्टी सिध्याउन अग्रसर भएको भन्दै विगतमा झलनाथ खनाललाई टिकट दिनु गल्ती भएको बताएका छन् ।

झलनाथको गृहजिल्ला इलामको माइ नगरपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सिध्याएर कांग्रेसको पछि लागेकाहरुबाट सचेत हुन र भुलवस बाटो बिराउनेहरुलाई एमालेमा फर्किन आग्रह गरे । ओलीले भने, ‘एमालेको भोटबाट, एमालेका कार्यकर्ताको मेहनतबाट चुनाव जितेका झलनाथ खनालहरु आज कांग्रेसको झम्के पुच्छर भएका छन् । कांग्रेसको जिउमा झिँगा बस्नासाथ झम्के पुच्छर भएर हल्लिने भएका छन् । यस्तालाई विगतमा टिकट दिनु मेरो भूल भयो ।’ जनसभालाई एमाले उपाध्यक्ष सुवास नेम्वाङले पनि सम्बोधन गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति