अर्थतन्त्रका प्रमुख चार क्षेत्रहरुमध्ये अन्तिम एउटा क्षेत्रमात्रै राष्ट्र बैंकले हेर्छः गभर्नर

काठमाडौं, २१ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थतन्त्रको सबै क्षेत्रहरू नेपाल राष्ट्र बैंकले नहेर्ने बताएका छन् ।

चार्टर्ड एकाउन्टेसहरुको संस्था आईक्यानले बुधबार आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र भनेको नै राष्ट्र भनेर बुझ्नु गलत भएको बताए । अर्थतन्त्रका प्रमुख चार क्षेत्रहरुमध्ये अन्तिमको एउटा क्षेत्रमात्रै राष्ट्र बैंकले हेर्ने उनले बताएका हुन् । ‘अर्थतन्त्र भनेको राष्ट्र बैंक, राष्ट्र बैंकको अर्थतन्त्र भन्ने हिसाबले बुझ्ने गरेको पाइन्छ, त्यो होइन’ उनले भने, ‘रियल सेक्टर छ, एक्सटरनल सेक्टर छ साथै फिस्कल र मनिटरी सेक्टर छ, अन्तिमको पार्ट मात्रै हाम्रो हो ।’ गभर्नर अधिकारीले चारवटा क्षेत्रहरुको छुट्टै भूमिका भएको र चार क्षेत्रबीच समन्वय भने हुने गरेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति