त्रिभुवन विमानस्थलमा पूनः उडान सुरु

काठमाडौं, २१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण सुरु भएको छ ।

बम रहेको हल्लाले बुधबार बिहान झण्डै एक घण्टासम्म विमानस्थलको आन्तरिक उडान–अवतरण बन्द भएको थियो । बुधबार बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए । तर शंकास्पद वस्तु नभेटिएपछि विमानस्थलको आन्तरिक उडान-अवतरण सुरु भएको प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । सर्च अपरेसनको क्रममा कुनै पनि शंकास्पद वस्तु नभेटिएकोले आन्तरिक उडान-अवतरण सुरु भइसकेको उनले बताए । सर्च अपरेसनको क्रममा यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति