यी हुन् देशभरका एक लाख ४५ हजार उम्मेदवार (सूचीसहित)

काठमाडौँ, २१ बैशाख । स्थानीय तहको निर्वाचनमा देशभर एक लाख ४५ हजारभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।निर्वाचन आयोगका अनुसार, आठ हजारभन्दा बढीले उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवारको विवरण अद्यावधिक भइरहेको छ।मंगलबार साँझ ६ बजेसम्म अद्यावधिक भएको विवरण अनुसार देशभर एक लाख ४५ हजार ९२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

अझै केही स्थानीय तहको विवरण आउन बाँकी रहेकाले यो सङ्ख्या बढ्न सक्ने आयोगले जनाएको छ।
वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहका ३५ हजार २२१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदै छ। जसमा ३५३ जना निर्विरोध भएका छन् भने दलित महिला सदस्यका १७० पदमा उम्मेदवार परेको छैन।

देशभरका उम्मेदवारको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति