काँग्रेसले वैशाख २७ गतेसम्म चुनावी आमसभामा गर्ने : कुन नेताको कहाँ सम्बोधन ?

काठमाडौं, २० बैशाख ।नेपाली काँग्रेसले विभिन्न चुनावी सभामा नेताहरुको सम्बोधन गर्ने कार्यक्रम तालिका तय गरेको छ । नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो ।

वैशाख २१ गते बुधबार विराटनगरमा सभा हुनेछ। उक्त चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा सभापति देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन्।

साथै वैशाख २२ मा चितवनमा सभा हुनेछ। उक्त सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लगायत सहभागी हुने कांग्रेसले जनाएको छ।

वैशाख २३ मा काठमाडौंमा हुने चुनावी सभामा सभापति देउवा, नेता पौडेल र अन्य नेता सहभागी हुनेछन् भने वैशाख २४ मा बुटवलमा हुने सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगन थापालगायत वक्ता रहनेछन्।

यस्तै वैशाख २४ मै तनहुँको दमौलीमा हुने सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता प्रकाशशरण महतलगायत वक्ता हुने कांग्रेसले जनाएको छ।

वैशाख २४ मा जनकपुरमा पनि सभा हुनेछ। सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, महेन्द्र यादवलगायतले सम्बोधन गर्नेछन्।

वैशाख २५ मा पोखरामा सभा हुनेछ। सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार लगायतका नेताले उक्त सभामा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

साथै वैशाख २५ मै दाङको तुलसीपुरमा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायत अन्य वक्ताहरूले सम्बोधन गर्नेछन्।

वैशाख २६ गते कैलालीको धनगढीमा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री फरमूल्लाह मंसुरलगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने तालिका छ।

साथै वैशाख २७ गते डडेल्धुरामा सभा हुनेछ। त्यहाँ सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेले सम्बोधन गर्ने मुख्यसचिव पौडेलले बताए।

वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति