भोलि सार्वजनिक बिदा 

काठमाडौं । सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयलले सोमबार विज्ञप्ति निकालेर मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा मंगलबार सार्वजनिक दिएको जानकारी दिएको हो । 

‘मस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा २० वैशाख मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहले जारी गरेको सूचनामा उल्लेख छ  । 

मंगलबार ईद परेको भन्ने मुस्लिम आयोगका सिफारिसका आधारमा गृहले सार्वजनिक बिदाको सूचना जारी गरेको हो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति