उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गर्दै

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरुलाई आज शनिबार निर्वाचन चिन्ह प्रदान गर्दै छ ।

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरुले उनीहरुको आफ्नै दलको चिन्ह पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिन्ह प्रदान गर्ने छ ।

यसअघि शुक्रबार आयोगले उजुरीउपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उनीहरुलाई नै शनिबार निर्वाचन चिन्ह प्रदान गर्न लागिएको हो ।

उम्मेदवारहरुले निर्वाचन चिन्ह पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।

स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा मतदान हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति