सिन्धुलीमा बलेरो दुर्घटना हुँदा तीनजनाको मृत्युु

  • दिपेश थापा

सिन्धुली । सिन्धुलीको तीनपाटनमा बलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

तिनपाटन गाउँपालिका वडा नम्बर ५ नक्कलेमा बलेरो दुर्घटना हुँदा दुुईजना पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, बागमती प्रदेश–०१–०२ च ०४५ नम्बरको बलेरो तिनपाटन ५ नक्कले भित्री सडक खण्ड वाङरिङ जाने बाटोमा दुर्घटना भएको हो ।

गाडीमा सवार सात जनाको बेलघारी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर दु्ईजनालाई जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको डीएसपी मनोज लामाले जानकारी दिए ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति