काठमाडौं महानगरपालिकाका माओवादीका वडाध्यक्ष उम्मेदवार एमालेमा प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १३ को नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षका उम्मेदवार रामशरण डंगोल नेकपा एमाले प्रवेश गरेका छन् ।

डंगोलले उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमालेका मेयर उम्मेदवार केशव स्थापितले पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशसँगै एक विज्ञप्ति जारी गर्दै उनले माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको आरोप लगाएका छन् ।

डंगोलले भनेका छन्, ‘म २०४३ सालदेखि निरन्तर वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएको र वामपन्थी आन्दोलनको माध्यमबाट मात्रै मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने दृढ अठोट बोकेको व्यक्ति हुँ । मेरो जीवनका महत्त्वपूर्ण र ऊर्जाशील समय मैले वामपन्थी आन्दोलनमै सक्रिय भएर बिताएको स्मरण गराउन चाहन्छु ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति