गभर्नर महाप्रसादको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथिको सुनुवाई आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

आफूलाई हटाउने उद्देश्यले गरिएको निलम्बनको कारवाही र जाँचबुझ आयोग गठन बदर गर्न माग गर्दै परेको रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ला र टंकवहादुर मोक्तानको इजलासले आज सुनुवाइ नसकिएकाले हेर्दा हेर्दैमा राखी भोलिलाई पेसी तोकेको हो ।

अधिकारीले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेकोमा यसअघि अल्पकालीन अन्तरिम आदेशमार्फत उनी पुनर्वहाली भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति