कांग्रेस सभापति शर्माले भने, ‘मलाई मार्ने उद्देश्यले पार्टी कार्यालयमै आक्रमण भयो’

पोखरा । नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले मार्ने उद्देश्यले आफूमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको बताएका छन् ।

सभापति शर्माले पोखरा–२४ का वडा अध्यक्षका कांग्रेस उम्मेदवार भरतबहादुर केसीको समूहले आफूलाई मार्ने उद्देश्यले आक्रमण गरेको बताए ।

उनले भने, ‘मलाई मार्छु भनेर आए, बिचमा साथीहरू भएकाले हातपात गर्न सकेनन्म । मलाई सिध्याउँछु भनेका थिए, सकेनन्।’

आक्रमणकारी समूहले आफूमाथि ‘डाँका शैली’ मा आक्रमण गरेको दाबी गरे। ‘म बसेको कुर्ची फालेर अत्यन्त विध्वंश गरे, डाँका शैलीमा,’ उनले भने, ‘पुरा डाँका शैलीमा ज्यान मार्ने धम्कीका साथ आए।’

उक्त समूहले पार्टी कार्यालयमा आएर सामान्य सोधपुछ र छलफल समेत नगरेको शर्माले बताएका छन्। कार्यालयमा शर्मासहित कांग्रेसका अन्य जिल्लाका कार्यकर्तासहित, प्रवक्ता माधव वास्तोला र कार्यालय सचिव प्रकाश बराल थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति