स्थानीय तह निर्वाचनः एक लाख ५३ हजार ४५ जनाको उम्मेदवारी

काठमाडौँ, वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अपराह्न ४ बजेसम्म १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी परेको जानकारी दिएका हुन् । आयोगले आइतबार र सोमबार मनोनयनको दिन तोकेको थियो । देशभर ७५३ पालिका प्रमुख, सोही संख्यामा उपप्रमुख, ६ हजार ७४३ वडाध्यक्ष, त्यत्ति नै महिला र दलित सदस्य तथा १३ हजार ४८३ सदस्यका लागि निर्वाचन हुँदैछ । केही पालिका प्रमुख, वडाअध्यक्ष तथा सदस्यका लागि एकल मनोनयन परेकाले निर्वाचनबाट जनप्रतिनिधि छानिने संख्या केही घट्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति