सत्तारूढ गठबन्धन चुनावी तयारी समितिको बैठक बालुवाटारमा

काठमाडौं, १५ बैशाख । सत्ता गठबन्धनको चुनावी तथा अनुगमन समितिको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिको बैठक जारी छ ।

बैठकमा बुधबार गठबन्धनका शीर्ष नेताले दिएको चुनावी तालमेलका सन्दर्भ दिएको निर्देशन कार्यान्वयनका विषयमा छलफल भइरहेको छ । गठबन्धनका शीर्ष नेताले तालमेल नभएको ठाउँमा बुधबार नै समझदारी खोज्न प्रदेश र जिल्ला संयन्त्रलाई निर्देशन दिएका थिए । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले भने, ‘देशभरीको रिपोर्ट हेर्दा गठबन्धन सन्तोषजनक ढंगले अगाडि बढेको छ । यसलाई व्यवस्थित र प्रभावकारी लैजाने विषयमा छलफल भइरहेको छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति