ग्लोबल आइएमईकाे भिडियो केवाइसी प्रणाली सुचारु

काठमाडौ, १५ बैशाख । ग्लोबल आइएमई बैंकद्वारा भिडियो केवाइसी प्रणाली सुचारु, भिडियो कलबाटै केवाइसी अपडेट गर्न सकिने भएकाे छ ।
काठमाडौँ र ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । बैंक र डिजिटल नेटवर्क सोलुसन प्रा.लि. बीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वनका लागि भएको सम्झौतासँगै बैंकले भिडियो केवाइसी प्रणाली सुचारु गरेको हो । सो सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरूले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाइसी अपडेट गर्न सक्नेछन् । बैंकले सुचारु गरेको यस सेवाले ग्राहकहरू प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास रहेको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरू ल्याउदै आएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका २८७ शाखा, २५२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति