एसईई भईरहँदा कक्षा ११ को प्रचारप्रसार गर्नेलाई कारबाही हुनेः महानगर

काठमाण्डौ, १३ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेकै बेला केही विद्यालय र कलेजले कक्षा ११ मा भर्नाका लागि विज्ञापन र प्रचारप्रसार गरेको भन्दै काठमाण्डौ महानगरपालिकाले कारबाहीको चेतावनी दिएको छ ।

महानगरको शिक्षा विभागले आज मङ्गलवार सूचना निकालेर एसईईको नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ को नयाँ भर्ना प्रक्रिया सुरु गर्नुपर्नेमा परीक्षा चलिरहेकै बेला नयाँ विद्यार्थी भर्नाको सूचना सम्प्रेषण गरेको भन्दै कारबाहीको चेतावनी दिएको हो । यस्ता प्रवृत्तिले गर्दा विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने र शिक्षा क्षेत्रमा अराजकता सृजना हुने भएकाले प्रचारप्रसार तत्कालै बन्द गर्न सूचनामा भनिएको छ । महानगरको शिक्षा विभागले एसईईको नतिजा सार्वजनिक भएपछि मात्रै कक्षा ११ को भर्ना प्रक्रिया सुरु गर्न पनि आग्रह गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति