चितवनका तीन पालिका प्रमुखले दिए पुनः उम्मेदवारी

चितवन, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चितवनका ७ पालिकामध्‍ये ३ पालिका प्रमुखले पुनः टिकट पाएका छन् ।

दोहोरिएर उम्मेदवार बन्‍नेमा भरतपुर महानगरपालिकाकी मेयर बनेकी रेनु दाहाल, खैरहनी नगरपालिका मेयर लालमणि चौधरी र इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरूङ छन् । तीनै जनाले प्रमुख पदमा दोस्रो कार्याकालका लागि सोमबार मनोनयन दर्ता गराए । माडी, राप्ती, रत्ननगर र कालिकामा नगरपालिकामा भने नयाँ उम्मेदवारहरुले मेयरमा उम्मेदवारी दिएका छन् । भरतपुरमा नेकपा माओवादी केन्द्रबाट मेयर रेनु दाहालले र एमालेतर्फबाट खैरहनी नगरपालिकाको मेयरमा लालमणि चौधरीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरूङले नेपली कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन् । २०७४ सालको निर्वाचनमा कांग्रेस(माओवादी गठबन्धनतर्फबाट महानगरको मेयरमा रेनु दाहालले ४३ हजार १२७ मत ल्याएर जित्दा एमालेका एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । यस्तै खैरहनीका मेयर बनेका चौधरीले १० हजार ७१७ मत ल्याएर जितेका थिए । यहाँ कांग्रेसबाट मेयर उम्मेदवार रहेका राजेन्द्रप्रसाद चौधरीले ९ हजार ७३३ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । इच्छाकामना गाउँपालिकामा गीता गुरूङ्गले ३ हजार २५४ मत ल्याएर जित्दा एमाले उम्मेदवार नारायणप्रसाद अधिकारी ३ हजार ६१ मत ल्याएका थिए । एमालेबाट जितेका कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपीले मेयरमा दोहोरिने चाहा्ना राखेको भए पनि टिकट पाएनन् । एमालेबाट जितेका रत्ननगरका मेयर नारायण बन र राप्ती नगरपालिका मेयर प्रभा बरालले मेयरमा आकांक्षा व्यक्त गरेनन् । माडी नगरपालिकामा माओवादी केन्द्रबाट जितेका ठाकुर ढकालले मेयरको चाहना राखे पनि टिकट पाएनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति