तनहुँमा कांग्रेसका वरिष्ठ नेता पौडेल निकट सातजनाले दिए सामूहिक राजीनामा

तनहुँ, १३ वैशाख । टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट सातजना कांग्रेस नेता र कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव (हाल संगठन विभाग प्रमुख) विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले लगायतले राजिनामा दिएका हुन् । स्थानीय तहको टिकट वितरणमा पार्टीले योगदान गरेकालाई भन्दा पैसामा बिकेर टिकट दिएको आरोप लगाउँदै उनीहरुले स्वतन्त्र रहने घोषणा गरेका हुन् । राजीनमा दिएका महश्वेर भट्टराईले शुक्लागन्डकीको मेयरमा, दाहालले व्यास नगरपालिका-१ को वडाध्यक्षमा, थापाले व्यास नगरपालिका-२ को वडाध्यक्षमा, पौडेलले शुक्लागन्डकी नगरपालिका-३ को वडाध्यक्ष र महतले शुक्लागन्डकी नगरपालिका-८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति