सिन्धुलीमा उम्मेदवारी दर्ता जुलुसमा बालबालिका प्रयोग

सिन्धुली । उम्मेदवारी दर्ता गर्न जाँदा ठूलो मास देखाउन सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा माओवादी केन्द्रले बालबालिकाको प्रयोग गरेको छ ।

माओवादी केन्द्रले मरिण गाउँपालिकामा अध्यक्ष पदमा विमर्श मुक्तान ९प्रख्यात० को नेतृत्वमा उम्मेदवारी दर्ता गराउन जान आयोजना गरेको र्‍यालीमा बालबालिका प्रयोग गरिएको हो ।

राजनीतिक गतिविधिमा बालबालिका प्रयोग गर्न नपाइने भए पनि दर्जनौं बालबालिकालाई पार्टीको झण्डा बोकाएर जुलुसमा सहभागी गराइएको छ ।

उम्मेदवारी दर्ता गर्न जाँदा संख्या कम देखिए जनतामा नकारात्मक सन्देश जाने डरले माओवादीले बालबालिकाको प्रयोग गरेको एमालेका नेता तथा कार्यकर्ताहरुले दावी गरेका छन् ।

मरिणमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ । जसअन्तर्गत माओवादीले पालिका अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष पाएको छ । वडाहरुमा भने दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्ने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति