रुसको कुर्स्क क्षेत्रमा दुई युक्रेनी ड्रोन खसालिए

मस्को, १२ बैशाख । रुसी वायु रक्षा प्रणालीले रुसको युक्रेनको सीमावर्ती कुर्स्क क्षेत्रमा दुई युक्रेनी ड्रोन खसालेको कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले सोमबार बताएका छन्।

‘आज ०४ः१५ मस्को समय (०११५ जिएमटी) मा रूसी वायु रक्षा प्रणालीको टोलीले र्ल्यस्की जिल्ला बोरोभोस्कोए गाउँमा दुई युक्रेनी ड्रोनहरू खसाले,’ गभर्नरले टेलिग्राममा उल्लेक गरेका छन् । ‘उक्त घटनाबाट कुनै हताहत चोटपटक वा विनाश भएको छैन। स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ,’ उनले थपे। शनिबार, गभर्नरले भने कि युक्रेनले यस क्षेत्रमा एक सीमा चेकपोस्टमा गोलाबारी गरेको थियो जसले आगलागी निम्त्याएको थियो तर कुनै हताहती भने भएन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति